पोखरामा पाल्पा हाउस
पाेखरा | चैत ११, २०७९
पोखरा: पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे ।
सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा हाउसलाई पनि समेट्ने प्रतिबद्धता जनाए । उनले रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरा र पाल्पाको समेत प्रेमको प्रतीक भएकोले सधैंभर सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले शिक्षा, आर्थिक, सामाजिक लगायतका कार्यमा पाल्पाली समाज पोखराको कार्य प्रशंसनीय भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पाल्पाको गरिमा बढाउने गरी पाल्पालीहरुले गरेको कार्यको सिको अरुले पनि गर्नुपर्ने बताए । उनले पाल्पा हाउसमा सहजताका लागि विभिन्न उत्पादनहरुको सूचना केन्द्र खडा गर्नुपर्ने सुझाव पनि दिए ।
पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापा, पाल्पा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, कम्पनी सचिव श्रीधर पराजुली लगायतले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा पाल्पा हाउसले ठूलो महत्व राख्ने बताए ।
करिब २ करोड लागतमा संचालित पाल्पा हाउसको समुद्घाटनसँगै शुक्रबारदेखि नै यहाँबाट रानीमहल रेष्टुरेन्ट, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, ढाका तथा करुवा बिक्री कक्ष, काठमाडौं टप टेलर्स, बिस्रोम अप्टिकल, सुविता फेसन कर्नर, एसएम क्लसेट, सरिना फेसन क्रियसन एन्ड बुटिक सप लगायतले पनि कारोबार शुभारम्भ गरेका छन् ।
मूलतः पाल्पाका उत्पादन पोखरामा एकै थलोमा बिक्री गर्ने उद्देश्यले संचालित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउनेछ । कम्पनीले रानीमहल रेष्टुरेन्टबाट पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ ।
नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल गरेका हुन् । पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । उद्घाटन अवसरमा विभिन्न सेवामा छुट दिइएको कम्पनी अध्यक्ष घिमिरेले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

